तनहुँ, भदौ २० – तनहुँ जिल्लाको भानु नगरपालिका–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता भएका छन्।प्रहरीका अनुसार १५ वर्षीया अस्मिता सुनार, १६/१७ वर्षीया सम्झना सुनार र १५ वर्षीया सिता सुनार आइतबार बिहान विद्यालय जान्छु भनी घरबाट निस्किएका थिए। तर ती बालिका विद्यालयमा समेत उपस्थित नभएको र हालसम्म घर परिवारको सम्पर्कमा पनि नआएको अभिभावकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीका भनाइअनुसार ती बालिकाहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।बेपत्ता बालिकाहरूको सम्बन्धमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।


