
तनहुँ २९ श्रावण

विजय लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा सुधार देखिएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षमा कम्पनीले ९ करोड ६७ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१८ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा कम्पनीको नाफा ३ करोड ४ लाख ४ हजार रुपैयाँ मात्र रहेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेर ६३ करोड ४१ लाख ५५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ४० करोड ८६ लाख ६४ हजार रुपैयाँ थियो।
सञ्चालन नाफा पनि वृद्धि भएको छ। अघिल्लो वर्ष २ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष १५ करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोषमा ४५ करोड ७ लाख ७७ हजार रुपैयाँ सञ्चित छ। वितरणयोग्य नाफा ३ करोड ८१ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
खराब कर्जाको दर २०.५० प्रतिशतबाट घटेर ९.६० प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी १२.९९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६१.७१ रुपैयाँ रहेको छ।
