Asalmitra Khabar

भानुमा बेपत्ता किशोरीको रहस्यमय मृत्यु, पालुङटारमा शव फेला

शौचालय जान्छु भन्दै घरबाट निस्किएकी किशोरीको शव भोलिपल्ट नदिको किनारामा फेला फेला, प्रहरी अनुसन्धान जारी

तनहुँ – भानु नगरपालिका–९ काउरेटारकी १७ वर्षीया रमा कुमाल मृत फेला परेकी छन्। उनको शव गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ हवाइ ग्राउण्ड नजिक मर्स्याङ्दी नदी किनारमा फेला परेको हो।

परिवारका अनुसार, रमा कुमाल २०८२ साउन १८ गते राति करिब ९ बजे “शौचालय जान्छु” भन्दै घरबाट बाहिर निस्किएकी थिइन्। तर लामो समयसम्म घर नफर्केपछि परिवारले खोजतलास सुरु गरेका थिए।

खोजीका क्रममा स्थानीय बजारको CCTV फुटेजमा उनी हिँडिरहेको देखिएपछि परिवारले तुरुन्तै पुर्कोट प्रहरी चौकीमा जानकारी गराएका थिए। प्रहरी टोली र स्थानीय बासिन्दाले रातभरी खोजी गरे पनि सुरुवाती प्रयासमा उनी भेटिएकी थिइनन्।

भोलिपल्ट बिहान पुनः सुरु गरिएको खोजीमा पालुङटार नगरपालिका–५ को घुमौरा क्षेत्रमा मर्स्याङ्दी नदी किनारमा उनको शव भेटिएको हो। शव भेटिएको स्थान भानुबाट केही किलोमिटर टाढा पर्छ। प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ। घटनाको शव हेर्दा किशोरीको बलत्कार पछि हत्या गरेर शवलाई फालिएको हुन सक्ने सम्भावना रहेको देखिएको छ ।

स्थानीय बासिन्दाले यो घटना गाउँमा निकै दुःखद र रहस्यमय भएको प्रतिक्रिया दिएका छन्। सुरक्षाका दृष्टिले अभिभावक र प्रहरीलाई सतर्क रहनुपर्ने आवश्यकता समेत व्यक्त गरिएको छ।

By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.