तनहुँ। चितवनका केही क्षेत्रमा (आइतबार) आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् मागका कारण दैनिक ६ घण्टा लोडसेडिङ गर्ने जानकारी गराएको हो ।
अत्यधिक गर्मी, सिँचाइका कारण विद्युत् माग अत्यधिक बढ्नु र आकाशे पानी नपर्नुले लोड व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय गरिएको हो । अहिले गर्मीको मौसममा धेरै जसो विद्युतहरु खपत हुने भएको कारणले गर्दा कार्यालयको यो निर्णयले केहिहदसम्म प्रभाव पर्न सक्ने देखिएको छ ।
