Asalmitra Khabar

लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त संस्था तथा कर्मचारीहरुलाई सुरक्षा प्रत्याभूति दिन गृह मन्त्रालयको निर्देशन

तनहुँ १५, २०८२ श्रावण

सुजन सुनार

पछिल्ला दिनमा लघुवित्त संस्थाका शाखा कार्यालय र कर्मचारीहरू माथि बढ्दो आक्रमणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

लघुवित्त बैंकर्स संघको पत्र संख्या ६।०८२।८३, मिति २०८२ श्रावण ८ सुरक्षाको प्रत्याभूपत सम्बन्धी पत्र अनुसार, गृहमन्त्रालयको मिति २०८२ श्रावण ९ गतेको च.न. ४२ को पत्रअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा व्यवस्था कडा पार्न आदेश दिएको हो। यस निर्देशनअनुसार, देशभरका लघुवित्त शाखा र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विशेष सतर्कता अपनाइनेछ।

गृह मन्त्रालयले यो कदम लघुवित्त संस्थामाथि भइरहेका आक्रमण र धम्कीका घटनालाई रोकथाम गर्न चालेको हो। पछिल्ला दिनहरूमा विभिन्न अराजक समूहहरूले लघुवित्तको कार्यलाई अवरोध गर्दै आन्दोलन चर्काइरहेका छन्। यसबाट ग्रामीण क्षेत्रमा सञ्चालित साना कर्जा तथा विपन्न समुदायका जीवनस्तर उकास्ने योजनामा प्रतिकूल असर पर्न थालेको मन्त्रालयको भनाइ छ।

लघुवित्त वित्तीय संस्थाहरू ग्रामीण क्षेत्रमा पुगेर विपन्न वर्गका परिवारलाई सानो–सानो कर्जा वितरण गर्दै आएका छन्। यस्ता कर्जाबाट स्थानीयको आर्थिक र सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको छ। तर, केही दिनदेखि भइरहेको विरोध र आक्रमणका कारण यी सेवा प्रभावित बन्न थालेका छन्।

गृह मन्त्रालयको निर्देशनसँगै स्थानीय प्रशासन र सुरक्षा निकायहरूले अब गाउँ–गाउँमा रहेका लघुवित्तका शाखा कार्यालय र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिने भएका छन्। मन्त्रालयले आवश्यक परे कानूनी कारबाही र सुरक्षात्मक कदम तत्काल चाल्ने पनि जनाएको छ।

By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.