चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार ट्रक नदी किनारसम्म पुगेको छ l भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ l
दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य भइरहेको छ।
चालक र सहचालकको अवस्थाबारे अझै स्पष्ट जानकारी आएको छैन। प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा ट्रकले अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
उक्त सडकखण्ड पहिरो, चिप्लोपन र घुम्तीय मार्गका कारण संवेदनशील मानिन्छ। विगतमा पनि यही क्षेत्र वरिपरि यस्ता दुर्घटना दोहोरिएका छन्।
यतिबेला सवारी आवागमनमा आंशिक अवरोध भएको र ट्रक हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
