Asalmitra Khabar

गण्डकी प्रदेशमा आज आंशिक बदली र वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

गण्डकी प्रदेशमा आज आंशिक बदली र वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

तनुहँ, २०८२ श्रावण १५
गण्डकी प्रदेशको अधिकांश भूभागमा आजको दिनभर आंशिकदेखि पूर्ण बदली भएको छ भने दिउँसोपछिको समयदेखि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि मौसम एकदमै बदलिएको देखिएको छ र तापक्रम मध्यम रहेको छ।

आज बिहान ८ बजे तापक्रम करिब २४ डिग्री सेल्सियस थियो भने दिउँसो ३ बजेसम्म पुग्दा ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। दिउँसोको समयमा अधिक गर्मी महसुस भए पनि आकाशमा बाक्लो बादलहरू यथावत् रहेका छन्। दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म प्रदेशका केही भागहरू—विशेषगरी पोखरा, कास्की, तनहुँ र स्याङ्जा—मा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना प्रबल रहेको बताइएको छ


वर्षा पछि तापक्रम केही घट्ने अनुमान गरिएको छ भने रातको समयमा आंशिक बादल लागिरहनेछ। रातिको तापक्रम करिब २५ डिग्री सेल्सियस आसपास रहनेछ। मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म विशेषगरी पश्चिमी क्षेत्रहरूमा निरन्तर बादल देखिनेछन्।
– दिउँसो र साँझको समयमा सम्भावित वर्षालाई ध्यानमा राख्दै बाहिर निस्कँदा छाता वा रेनकोट साथमा राख्न अनुरोध गरिएको छ।
– पहाडी क्षेत्रका बासिन्दालाई सम्भावित पहिरो र खोला खोल्सामा पानीको बहाव बढ्ने जोखिमप्रति सचेत रहन विभागले आग्रह गरेको छ।
– कृषकहरूलाई असिनापात वा अत्यधिक पानीको असरबाट बालीनाली जोगाउन सावधानी अपनाउन सुझाव दिइएको छ।


गण्डकी प्रदेश हाल वर्षायामको सक्रिय चरणमा रहेकोले आगामी दिनहरूमा पनि मौसम यस्तै रहने अनुमान गरिएको छ। वर्षा, बदली र उच्च आर्द्रताको असर स्वास्थ्य, सवारी आवागमन र दैनिक जीवनशैलीमा पर्ने भएकाले समयमै योजना बनाइ सुरक्षित रुपमा कार्य गर्न विज्ञहरूले सल्लाह दिएका छन्।

By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.