Asalmitra Khabar

गर्मीमा देखिने स्वास्थ्य समस्याहरू

गर्मीमा देखिने स्वास्थ्य समस्या बढ्दै, चिकित्सकले दिए यस्ता सुझाव

काठमाडौं, श्रावण ९ – असल मित्र खबर

नेपालभर गर्मी चर्किंदै जाँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेका छन्। पछिल्लो समय राजधानी काठमाडौंसहित तराई क्षेत्रका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले गर्दा घाम लाग्ने (हीट स्ट्रोक), डिहाइड्रेसन (शरीरमा पानीको कमी), छालाको एलर्जी, रुघाखोकी, डायरिया लगायतका समस्या तीव्र रुपमा देखिएका छन्।

चिकित्सकको सुझाव

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. रमेश थापाका अनुसार, गर्मीमा शरीरबाट अत्यधिक पसिना निस्कने हुँदा डिहाइड्रेसनको खतरा हुन्छ। उनले दिनमा कम्तीमा ३–४ लिटर पानी पिउन र घरमै बनाइएको जीवनजल प्रयोग गर्न सुझाव दिएका छन्।

“गर्मीले शरीर कमजोर बनाउँछ, यस्तोमा जति सक्दो हलुका भोजन गर्नुपर्छ। झोलिलो खानेकुरा, फलफूल, जस्तोसुकै समयमा पनि उपयुक्त हुन्छ,” – डा. थापा भन्छन्।

बच्चा र वृद्ध बढी जोखिममा

चिकित्सकहरू भन्छन् – बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरू गर्मीको प्रतिकूल असरमा सजिलै पर्न सक्छन्। उनीहरूलाई धेरैबेर घाममा राख्नु हुँदैन। शरीर छोपिने गरी कपडा लगाउनुपर्छ।

गर्मीमा अपनाउनुपर्ने उपायहरू:

  • दिनभर प्रशस्त पानी पिउनुहोस्
  • झोलिलो र ताजा खाना खानुहोस्
  • छायाँ र हावायुक्त ठाउँमा बस्नुहोस्
  • आवश्यक परेमा छाता, टोपी वा सनग्लास प्रयोग गर्नुहोस्
  • बाहिर निस्कँदा हलुका र सेतो कपडा लगाउनुहोस्
  • जथाभावी सडक किनारका पेयपदार्थ नखानुहोस्

स्वास्थ्यकर्मीहरूको भनाइमा, यदि चक्कर लाग्ने, शरीर तातो हुने, अत्यधिक थकान वा टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।


By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.